झापाको सुरुङ्गामा माछापुच्छे बैंकको क्युआर कोड सेवा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

झापाको सुरुङ्गामा माछापुच्छे बैंकको क्युआर कोड सेवा



काठमाडौं । माछापुच्छे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानिय व्यवसायिहरुलाई क्युआरकोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले क्युआर कोड सेवाको औपचारिक उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङ्गको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए । क्युआर कोड सेवा सुरु गरेसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्