बैंक अफ काठमाण्डूका ग्राहकले सस्तोडिलको सुपर डे योजनामा ३ हजार छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले सस्तो डिलको सुपर डे योजनामा ३ रुपैयाँ सम्म छुट पाउने भएका छन् ।
पछिल्लो समय ग्राहक महानुभावहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक महानुभावहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै ३ रुपैयाँ सम्मको विशेष छुटको योजना ल्याएको हो ।
सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिख सम्म संचालन गर्न लागेको छ । जस अन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम ३ रुपैयाँ सम्मको छुटको सुबिधा पाउन सक्ने छ ।
यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी ३ रुपैयाँ सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने छ ।