एफपिओ जारी गर्ने प्रस्ताव पारित गर्न महुली लघुवित्तको साधारण सभा आह्वान, लाभांश अनुमोदन गर्ने « Arthapath.com
२८ मंसिर २०७८, मंगलवार

एफपिओ जारी गर्ने प्रस्ताव पारित गर्न महुली लघुवित्तको साधारण सभा आह्वान, लाभांश अनुमोदन गर्ने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

लघुवित्तको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पौष २४ गते, केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण, महुली सप्तरीमा बिहान ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, प्रिमियममा एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, अन्य लघुवित्तसँग मर्ज तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गरी पारिश्रमीक तोक्ने, रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने लगायत प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पौष १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्