प्रभु बैंक र जेएससि एम्एफआई इन्टेलएक्प्रेस बिच रेमिट्यान्स सेवा सम्झौता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु बैंक र जेएससि एम्एफआई इन्टेलएक्प्रेस बिच रेमिट्यान्स सेवा सम्झौता



काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र जेएससि एम्एफआई इन्टेलएक्प्रेस (JSC MFI INTELEXPRESS)बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गरेको छ ।

Armenia, Georgia, Greece, Cyprus, UK, Italy, Moldova, Switzerland, Turkey, Ukraine, Uzbekistan मा बसोवास गरिरहेका नेपालीहरुले अब जेएससि एम्एफआई इन्टेलएक्प्रेस मार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका २१५ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्ने भएका छन् ।

साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताले बिशेष गरि विदेशमा रहनुभएका नेपालीहरुले गुणस्तरिय रेमिट्यान्स तथा बैंकीङ्ग सेवा प्राप्त गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्