निफ्रा बैंकका हाकिमको पारिश्रमिक र भत्ता एक बर्षमा ४ करोड ६० लाख रुपैयाँ, सञ्चालकको बैठक भत्ता कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

निफ्रा बैंकका हाकिमको पारिश्रमिक र भत्ता एक बर्षमा ४ करोड ६० लाख रुपैयाँ, सञ्चालकको बैठक भत्ता कति ?



सीईओ रामकृष्ण खतिवडाको वार्षिक आम्दानी १ करोड २१ लाख रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रवन्धकहरु, प्रवन्धकहरु र सहायक प्रवन्धकरुहले एक बर्षमा ४ करोड ६० लाख रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा लिएका छन् ।

बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रवन्धकहरु, प्रवन्धकहरु र सहायक प्रवन्धकरुहले एक बर्षमा ४ करोड ६० लाख ६४ हजार ९७ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बुझेका हुन् ।

जसमा प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले १ करोड २१ लाख रुपैयाँ र नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले ८२ लाख ३१ हजार ९२७ रुपैयाँ तलव तथा सेवा सुविधा बुझेका हुन् ।

त्यस्तै, नायव महाप्रवन्धकहरुले १ करोड १४ लाख १६ हजार ४०८ रुपैयाँ, प्रवन्धकहरुले ६५ लाख ८३ हजार ७०८ रुपैयाँ र सहायक प्रवन्धकरुहले ७७ लाख ३१ हजार ९९२ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बुझेका हुन् ।

उल्लेखित रकम बाहेक प्रचलित कानुन/व्यवस्था बमोजिमको कर्मचारी बोनस र बैंकको कर्मचारी सेवा विनियमावली, २०७५ बमोजिमका सुविधा समेत प्रदान हुने गरेको छ ।

त्यस्तै, बैंकले आर्थिक बर्ष २०७७–७८ मा सञ्चालकहरुलाई १३ लाख ६९ हजार रुपैयाँ भत्ता भुक्तान गरिएको छ ।

संचालक समिति एवं संचालक स्तरिय अन्य समितिको बैठक भत्ता वापत ११ लाख २ हजार रुपैयाँ र संचालक समितिको बैठकको अन्य खर्च वापत २ लाख ६७ हजार ३९६ रुपैयाँ गरी कूल १३ लाख ६९ हजार ६९६ रुपैयाँ बैठक भत्ता बुझेका छन् ।


प्रतिक्रिया दिनुहोस्