सिटिजन्स बैंकद्वारा थप प्रिभिलेज काउन्टर विस्तार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सिटिजन्स बैंकद्वारा थप प्रिभिलेज काउन्टर विस्तार



काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा थप एचष्खष्भिनभ (प्रिभिलेज) काउन्टर विस्तार गरेको छ ।

यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी ,काठमाण्डौंमा रहेको प्रिभिलेज काउन्टरबाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आएको थिए । साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्