२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न विजय लघुवित्तले बोलायो साधारण सभा « Arthapath.com
२ पुष २०७८, शुक्रबार

२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न विजय लघुवित्तले बोलायो साधारण सभा



काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तले पुस २४ गते शनिवार गैँडाकोट रिपोर्ट गैँडाकोट, नवलपरासीमा नवौँ वार्षिक साधारण सभा  गर्ने निर्णय गरेको छ । 

साधारण सभाले हाल कायम चुक्ता पुजीको २०.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०६ प्रतिशत नगद गरी कुल २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

त्यसै गरी अन्य वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न, प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने, संस्थापक सेयर धनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरू साधारण सभामा पेस हुने छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ  लघुवित्तले यही पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज मिति तय गरेको छ । तसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले लघुवित्तको प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्