कृषि विकास बैङ्कको लाभांश घोषणा गर्‍यो, बोनश र नगद कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कृषि विकास बैङ्कको लाभांश घोषणा गर्‍यो, बोनश र नगद कति ?



काठमाडौँ । कृषि विकास बैङ्कले लाभांश घोषणा गरेको छ । बैङ्कले गत आर्थिक वर्षको तुलनामा ६ प्रतिशत बढाएर २१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश गत वर्षको तुलनामा ६ प्रतिशत धेरै हो । आर्थिक वर्ष ७६/७७ मा बैङ्कले १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९५  गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना सेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । त्यसैगरी नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने बैङ्कले जनाएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति भएपश्चात् बैङ्कको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले  पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्