नबिल इन्भेष्टमेण्ट बैंकिंगले गर्यो धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको बारेमा जानकारी मुलक कार्यक्रम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नबिल इन्भेष्टमेण्ट बैंकिंगले गर्यो धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको बारेमा जानकारी मुलक कार्यक्रम



काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको बारेमा जानकारी मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

बैकिङले प्रदेश नम्बर ४ मा नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको छ ।

स्थापना कालको १२औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्