एमाले उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड र उप-प्रमुखमा दुर्गा प्रसाईं - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एमाले उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड र उप-प्रमुखमा दुर्गा प्रसाईं



काठमाडौं । नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख व्यवसायी दुगड बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले व्यवसायी मोतीलाल दुगडलाई उद्योग, वाणिज्य विभागको प्रमुख बनाउर्ने निर्णय गरेको हो ।

त्यसैगरी उपप्रमुख मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले बन्ने भएका छन् । स्थायी कमिटी बैठकले प्रमुखमा दुगड र उप–प्रमुखमा प्रसाईंलाइे नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

२०७६ मंसिरमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका व्यवसायी दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार रहेका थिए । त्यस्तै झापाको विएनसि मेडिकल कलेज सञ्चालक प्रसाई एमाले केन्द्रीय सदस्य समेत मनोनिय भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्