विद्यालयमा क्वारेन्टाइन बनाउन यी नियम पालना गर्नुपर्ने « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

विद्यालयमा क्वारेन्टाइन बनाउन यी नियम पालना गर्नुपर्ने



काठमाडौं । विद्यालयमा कोरोना विशेष अस्पताल क्वारेन्टाईन बनाउँदा १२ बुँदे आचारसंहिता पालना गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

विद्यालयमा कार्यरत शिक्षकलाई क्वारेन्टाइनको कार्यमा परिचालन गर्नुपर्ने आवश्यकता भएमा सुरक्षा उपकरण दिई परिचालन गर्नुपर्ने, क्वारेन्टाइनमा विद्यालयको शैक्षिक तथा सन्दर्भ सामग्री प्रयोग गर्न नपाइने, विद्यालयको कक्षा कोठामा आगो बाल्न नपाइने, विद्यालयको भौतिक सम्पत्ति झ्याल, ढोका, दराज, टेबल, कुर्सी धारा, पानी, शौचालय आदिमा क्षति पु¥याउन नपाइने गरी क्वारेन्टाईन निर्माण गर्न शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ ।

क्वारेन्टाइनको अवधिभर विद्यायलमा कुनै पनि खालको असान्दर्भिक क्रियाकलाप गर्न नपाइने, विद्यालयको शान्ति क्षेत्रमा प्रभाव पार्ने तथा दीर्घकालीन रूपमा बालबालिकालाई भय सिर्जना गर्ने खालका काम गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्