महालक्ष्मी विकास बैंकले २१.०५२६ प्रतिशतको लाभांश प्रदान गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंंक लिमिटेडको बीसौ वार्षिक साधारण सभा पौष महिना २५ गते हुने भएको छ । बैंककोे पुस २ गते बसेको सञ्चालक समितिको ५०६ औ बैठकको निर्णयानुसार यस विकास बैंंककोे बीसौ वार्षिक साधारण सभा पुस २५ गते आईतबार विहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, टुंडिखेल, काठमाडौमा हुने भएको छ ।
वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ ।
आर्थिक वर्ष २०७७/७८ मा यस विकास बैंकले विभिन्न वित्तीय सूचाकंहरुमा ठूलो फड्रको मारी आदरणीय शेयरधनी महानुभावहरुलाई २१.०५२६ प्रतिशतको ऐतिहासिक लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस बैंकको कर्जा प्रवाह १६ प्रतिशत तथा निक्षेप संकलन ६ प्रतिशतले बढेको छ । बैंकको खुद नाफा आर्थिक वर्ष २०७६/७७ को तुलनामा ६३.५७ प्रतिशत र वितरणयोग्य नाफा १४५ प्रतिशतले बढेकै कारण २१.०५२६ प्रतिशतको लाभांश सम्भव भएको कुरा बैंकले जनाएको छ ।













