नेपाल बङ्गलादेश बैंकले ल्यायो अनलाईनबाटै खोल्न सकिने मुद्दती खाता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल बङ्गलादेश बैंकले ल्यायो अनलाईनबाटै खोल्न सकिने मुद्दती खाता



काठमाडौ । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np मा अनलाइन Fixed Deposit मा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् ।

बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्