भोलीदेखि नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भोलीदेखि नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने



काठमाडौं । भोलीदेखि नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैकले भोखिदेखि हाल कायम चुक्ता पुजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो ।बैंकले हाल कायम चुक्ता पुजीको शतप्रतिशतले हुने १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयर निष्काशनका लागि बैंकले मंसिर २४ गते शुक्रबार बुकक्लोज गरेको थियो । तसर्थ मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मेरो सेयर मोबाइल एप, सफ्टवेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।

उक्त हकप्रदमा भोलीबाट ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सक्ने छन । हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्