समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा, क-कसले पाउँछन् आवेदन दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा, क-कसले पाउँछन् आवेदन दिन



काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । फाइनान्सले ४ हजार ६ सय १८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको छ ।

फाइनान्सले यसअघि ३५ दिने सूचना प्रकाशन गरेकोमा कुनैपनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि अब नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १५ दिनभित्र अन्य जोकोहि व्यक्तीलाई विक्री गर्न लागेको हो ।

संस्थापक शेयरको न्युनतम मुल्य प्रत्तिकित्ता १ सय रुपैयाँ तोकिएकाले १ सय वा सो भन्दा बढि मुल्य अंकित गरि जोकोहिले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्