राष्ट्र बैङ्कले तोक्यो यी २० विलासी वस्तुको आयातमा सत प्रतिशत अनिवार्य मार्जिन, यी बस्तुको मूल्य बढ्ने निश्चित
काठमाडौं । राष्ट्र बैंकले विभिन्न वस्तुहरुमा आयात गर्ने प्रतितपत्र खोल्दा अनिवार्य मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ ।
ल्वाँग, चिनी र चिनीजन्य, पेय पदार्थ र स्प्रिट, सुर्ती र सुर्तीजन्य, पर्फिम, स्याम्पु तथा कस्मेटिक, काठ र काठको सामान, जुत्ता चप्पल, हेल्मेट, छाता लठ्ठी आदि, नक्कली फुल, भुवा जस्ता वस्तु, प्लास्टर, सिमेन्ट, एबेस्टोस, काँचका बोतल तथा ढकनी, फर्निचर, खेलौना तथा तास लगायतका वस्तुमा १०० प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । भने निजी प्रयोजनका सवारी र मोटरसाइकल (विद्युतिय बाहेक) का सामानमा ५० प्रतिशत मार्जिन राख्ने व्यवस्था गरेको छ ।
यस्तो छ प्रक्रिया
अहिलेसम्मको अवस्थामा एल्सि खोल्दा आफुले आयात गर्न सामान मुल्यको ५–१० प्रतिशत रकम मार्जिन जम्मा गरेर एल्सि खोल्ने प्रक्रिया अगाडी बढाउने गरेको थियो । बाँकि पैसा सामान्यत : भन्सार विन्दुमा सामान आइपुगे पछी जम्मा गर्ने वा Trust Receipt Loan Facilities लिएर भुक्तानी हुने गरेको थियो । अबदेखि भएदेखि सामानहरु आयात गर्दा आयात गर्ने सामानको मूल्य बराबरको रकम बैंकमा जम्मा गरेर मात्र एल्सि खोल्ने प्रक्रिया सुरु हुने भयो ।
यो व्यवस्था किन आयो
सामान्यतया एल्सि खोल्ने प्रक्रिया सुरु गरेको ३ महिनासम्ममा सामान नेपाल आइपुग्छ । यो अवस्थासम्म आयात कर्तालाई पैसा जुटाउनु पर्ने थिएन् । सामान भन्सार विन्दुमा आइपुगेपछी पनी १२० दिनसम्मको Trust Receipt Loan Facilities लिएर सामानको भुक्तानी गर्दा पनी हुने थियो । अबको अवस्थामा आयात गर्ने सामानको मूल्य बराबरको रकम बैंकमा जम्मा गरेर मात्र एलसि खुल्ने भएको छ ।
त्यसो हुदाँ पहिलेको चक्र अनुसार बैंकले विश्वास गरेको अवस्थामा आफुसंग पैसा नहुदाँ पनि Trust Receipt Loan Facilities ले सामान बेचिसके पछि पनि भुक्तानी हुने अवस्था रहन्थ्यो भने अब एल्सि प्रक्रिया सुरु गर्दा नै पैसाको जोहो गर्नु पर्ने भएको छ । आफुसंग पैसा नहुनेले ति सामानहरु आयात गर्न पनि नसक्ने भएका छन् । त्यस्तै, सुरु मै पैसा जम्मा गर्दा लगभग तीन महिना बैंक मै पैसा होल्ड हुने भएको छ भने Trust Receipt Loan Facilities पाउने भएनन् । सामान आयात गर्नेले पनी आफ्नो होल्ड भएको समयको व्याज सामानमा जोड्ने भएकोले मंहगीने भयो । मूल्य महँगो भएपछी माग कम हुन्छ ।













