प्राइम कमर्सियल बैंकको साधारण सभा सम्पन्न, शेयरधनीहरु मालामाल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्राइम कमर्सियल बैंकको साधारण सभा सम्पन्न, शेयरधनीहरु मालामाल



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस शेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

मंगलबार सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए ।

अध्यक्ष श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्