सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने पुस ७ गते अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने पुस ७ गते अन्तिम दिन



काठमाडौं । सिभिल बैंकले मंसिर २४ गते शुक्रवारदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने पुस ७ गते अन्तिम दिन रहेको छ । बैंकले बुधवार सुचना जारी गर्दै पुस ७ गतेसम्म मात्र ऋणपत्र विक्री खुला गरिने जानकारी दिएको हो ।

बैंकले ३ अर्ब रुपैयाँ बरावरको ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनमा ल्याएको हो भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ ।

सर्वसाधारणको लागि निष्कासन गर्ने कुल १२ लाख कित्ता ऋणपत्र मध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने बाँकी सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । ऋणपत्र खरिदका लागि छिटो अवधि मंसिर २८ गतेसम्म तोकेको थियो ।

उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि पुस ९ गतेसम्म विक्री खुला हुने बताएको बैंकले माग बमोजिम आवेदन परेकाले विक्री बन्द गर्न लागेको जानकारी दिएको छ ।

आवेदकले यस ऋणपत्रमा न्यूनतम २५ कित्ता का लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ ।

कम्पनीले १० वर्ष अवधिका लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो । बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्