चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । बिहीबार चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ज्योति विकास बैंक, एनएमबि लघुवित्त, बुटवल पावर कम्पनी र सूर्या लाइफ इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ९ गते बुकक्लोज गर्दैछन् ।
उक्त कम्पनीहरुको वितरण गर्ने लाभांश प्राप्त गर्न पुस ८ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ । ज्योति विकास बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २३ गते चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २६ गते नवौँ वार्षिक साधारण सभा बोलाएको छ। त्यसैगरी सूर्या लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०ः४० को संरचनालाई परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्नेछ ।बुटवल पावर कम्पनीले पनि हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस २६ गते साधारण सभा बोलाएको छ।













