गुहेश्वरी मर्चेन्ट बैंकिङ्क एण्ड फाइनान्सले बोलायो साधारण सभा, प्रस्तावित लाभांश पारीत गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गुहेश्वरी मर्चेन्ट बैंकिङ्क एण्ड फाइनान्सले बोलायो साधारण सभा, प्रस्तावित लाभांश पारीत गर्ने



काठमाडौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्क एण्ड फाइनान्स कम्पनिले साधारण सभा बोलाएको छ । हिजो बसेको चाल सकितिको बैठकले पुस २९ गते २० औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

पुस २९ गते गुहेश्वरी, भवन हरिहर, ललितपुरमा विहान ११ बजेबाट साधारण सभा हुने छ ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने छ । तसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्