सिटिजन्स बैंकको KIOSK सेवा सञ्चालन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिटिजन्स बैंकको KIOSK सेवा सञ्चालन



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ Kiosk सेवाको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरवारमार्ग शाखाबाट उपलब्ध गराइएको बताए । साथै निकट भविष्यमा उक्त सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको उनले बताए ।

Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्