यस्तो छ एलआईसी नेपालको १० वर्षको लाभांश इतिहास, सबैभन्दा बढि ६२ प्रतिशतसम्म
काठमाडौं । एलआईसी इनस्योरेन्स कर्पोरेशनले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
हिजो बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद गरि कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश गत आवको तुलनामा दोब्बर बढि हो । अघिल्लो आव २०७५/७६ मा इन्स्योरेनसले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृति भएपछि इन्स्योरेनसको आगामी साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।
यस्तो छ इन्स्योरेन्सको ११ वर्षको लाभांश इतिहास
इनस्योरेन्सले ११ वर्षमा ६२ प्रतिशतदेखि १० प्रतिशत सम्म बोनश शेयर वितरण गरेको छ । आर्थिक वर्ष २०६८/६९ देखि हालसम्म ६२ प्रतिशतदेखि १० प्रतिशतसम्म बोनश शेयर वितरण गरेको छ ।
कम्पनिले आर्थिक वर्ष २०६८/६९ मा सवैभन्दा बढि ६२ प्रतिशत बोनश शेयर र ३.२६ प्रतिशत नगद गरि कुल ६५.२३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै आव ६९/७० मा ३० प्रतिशत बोनश शेयर र १.५७ प्रतिशत नगद गरि कुल ३१ं. ० ५७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै आव ७०।७१ मा इन्स्योरेन्सले ३० प्रतिशत बोनश शेयर वितरण गरेको छ ।
आर्थिक वर्ष ७१।७२ मा २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ं.३२ प्रतिशत नगद गरि कुल २६.३२ प्रतिशत लाभांश वितरण गरेको हो ।
७२।७३ मा इनस्योरेन्सले २४ं.८ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १.३ प्रतिशत नगद गरि कुल २५.०१२ प्रतिशत वितरण गरेको थियो । ७३र७४ मा भने ६८ सालमा भने १३ प्रतिशतले घटाएर १२ प्रतिशत बोनश शेयर र ०ं६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
आर्थिक वर्ष ७४/७५ मा ३४.४६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३५.५३ प्रतिशत नगद गरि कुल ७० प्रतिशत लाभांश सवितरण गरेको छ । त्यस्तै आव ७५।७६ मा १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत गरि १०.०५२६३ प्रतिशत लाभांश वितरण गरेको मा यस वर्ष १० प्रतिशतले बढाएर २० प्रतिशत बोनश शेयर र १.०५२६३ प्रतिशत नगद लाभाश वितरण गरेको हो ।
कम्पनिले आव ६८/७९ मा सबैभन्दा बढि ६२ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने अघिल्लो आर्थिक वर्षमा सबैभन्दा कम १० प्रतिशत बोनश शेयर वितरण गरेको हो ।














