सिटिजन्स बैंकले शुरु गर्यो नगद अमेरिकी डलरको बिक्री - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिटिजन्स बैंकले शुरु गर्यो नगद अमेरिकी डलरको बिक्री



काठमाडौं । ूहजुरहरुको प्रगतिको साथीू भन्ने मूल नाराका साथ आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।

विभिन्न प्रयोजनका लागी विदेश जानुपर्र्ने गा्रहकहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ । यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग, कुमारीपाटी, बौद्ध, कोटेश्वर, कुलेश्वर, ठिमी, कमलादी, न्यूरोड, डिल्लीबजार, नयाँबजार, भंैसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।

सिटिजन्स बैंकले १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्