चालू पुँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको मार्गदर्शन जारी, १ करोडसम्मको चालू पुँजी कर्जामा २० प्रतिशत सीमा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चालू पुँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको मार्गदर्शन जारी, १ करोडसम्मको चालू पुँजी कर्जामा २० प्रतिशत सीमा



काठमाडौं । फर्म, संस्था र कम्पनीलाई एक वा एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कूल एक करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार र बिक्रीको अधिकतम २० प्रतिशत कर्जा सीमा कायम गर्नुपर्ने व्वस्था गरेको छ । राष्ट्र बैंकले आइतबार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको निर्देशिकामा उल्लेख गरिएको छ, ‘फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल एक करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालूपुँजी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ ।’

यस्तै, मौज्दातमा रहेको सामानको भौतिक निरीक्षण गर्दा कर्जा दुरुपयोग भएको पाइएमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असुलीको प्रक्रिया अगाडि बढाउनु पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

चालूपुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी आप्mनो चालूपुँजी कर्जा सम्बन्धी नीति बमोजिम गर्नुपर्दछ ।

चालूपँुजी कर्जा ऋणीको चालूपँजीको आवश्यकताको लागि भएकोले यस्तो कर्जा चालू सम्पत्तिको सुरक्षणबाट सुरक्षित हुनुपर्ने, इजाजतपत्रप्राप्त संस्थाको चालूपुँजी कर्जा सम्बन्धी नीतिले कर्जा सुरक्षणको लागि आवश्यक पर्ने चल सम्पत्तिको मात्रा तथा मार्जिन स्पष्ट खुलाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्