एक सातापछि शेयर बजार पुन: ओरालो यात्रामा, ७१ अङ्कले घटेर नेप्से २५२१ अंकमा
काठमाडौं । शेयर बजारमा फेरी गिरावट आएको छ । एक सातापछि शेयर बजारमा फेरी भारी अङ्कको गिरावट आएको हो । यस दिन शेयर बजार ७९.७७ अङ्कले घटेको हो । हिजो ७१ अङ्कले उकालो लागेको बजार यस दिन ७९.९९ अङ्कले ओराले लागेर नेप्से परिसूचक २५२१.६५ अं कमा पुगेर बजार बन्द भएको छ ।
केही महिना यता भारी अङ्कले ओरालो लागेको बजार गत सोमबार नेपाल राष्ट्र बैङ्कले तरलता सङ्कट कम गर्न स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्न पाउने व्यवस्था गर्न निर्देशन दिएपछि १ हप्ता बजार उकालो लागेको थियो । फेरी आज बाट १ हप्तापछि शेयर बजार पुन ओरालो तर्फ लागेको हो ।
यस दिन दिन सबै समुह ओरालो लागेर राताम्मे भएको छ । आज दिनभर २ सय ३८ कम्पनिका १० करोड २९ लाख २ हजार २ सय २६ कित्ता शेयर ६७ हजार ७ सय ६० पटक किनबेच हुदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रुपैयाँको शेयर कारबार भएको छ ।














