शिलबन्दी बोलपत्र पेश गर्ने बोलपत्रदातालाई ३ दिनभित्र सम्झौता गर्न राष्ट्र बैंकको अनुरोध
काठमाडौं । नेपाल राष्ट्र बैंकलले बैंकको केन्द्रिय कार्यालय परिसरमा रहेका बैंकलाई काम नलाग्ने पुराना सम्पत्ति तथा फुटकर फर्निचर सामानहरुको लिलाम गर्ने सम्बन्धी बोलपत्र स्वीकृत गरिएको सूचना प्रकाशित गरिएको छ ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटार परिसरमा रहेका पुराना काम नलाग्ने सम्पत्ति तथा फुटकर फर्निचर सामानहरु लिलाम गर्ने सम्बन्धी शिलबन्दी बोलपत्र २०७८ पुस १३ गते स्वीकृत गरिएको छ ।
सोही अवस्थामा लिलाम बिक्री सम्बन्धमा २०७८ मंसिर १९ गते प्रकाशित सूचना अनुसार इच्छुक व्यक्ति वा फर्मरकम्पनीहरुबाट शिलबन्दी बोलपत्र पेश गर्ने बोलपत्रदाताहरु मध्ये सबैभन्दा बढी मूल्य ११ लाखमा कबोल गरेको छ ।
कबोल गर्ने समित स्क्रब सेन्टर, २ ललितपुरको बोलपत्र स्वीकृत भएकोले सूचना प्रकाशित भएको मितिले ३ कार्य दिनभित्र सम्झौताका लागि सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग सम्पर्क गर्न सूचना प्रकाशित गरिएको होे ।














