७ श्रावण २०८३, बिहिबार

भक्तपुर चेम्बर अफ कमर्शको कार्यशाला गोष्ठी सम्पन्न



काठमाडौं । भक्तपुर चेम्बर अफ कमर्शले आगामी दिनहरुमा गर्ने गतिविधिहरु तय गर्नका लागि पौष १५ गते सूर्यविनायक स्थित होटेल घ्याम्पे डाँडामा एक दिने योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

उक्त कार्यशाला गोष्ठीको समुद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले स्थानीय स्तरमा रोजगारी अभिवृद्धि हुने किसिमका गतिविधिहरु योजनामा समावेश हुनुपर्ने बताए । यसैगरी उनले कृषिको व्यवसायिकरण र सूचना प्रविधिको क्षेत्रमा नेपाल चेम्बर अफ कमर्शले विशेष प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्दै आएको हुंदा भक्तपुर चेम्बर अफ कमर्शले तयार पर्ने योजनाहरु सोही अनुरुप तयार पार्न सुझाव पनि दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुंदै भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष्ँ श्री न्हुछे रत्न मानन्धरले भक्तपुर चेम्बर अफ कमर्शलाई मुलुकको जिल्ला नगर चेम्बरहरुमा उत्कृष्ट चेम्बरको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । साथै चेम्बरबाट तयार हुने योजनाहरु उद्यमी व्यवसायीहरुको समस्या सम्बोधन हुने खालको हुने पनि बताएका छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुंदै नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं आपूर्ति समितिका सभापति श्री देवेन्द्र भक्त श्रेष्ठले भक्तपुर चेम्बरले छोटो समयमा गरेको प्रगति उदाहरणीय रहेको बताए ।

यसै गरी उद्घाटनकै अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य तथा भौतिक पूर्वाधार समितिका सभापति श्री रोशन भोयद्योले भक्तपुर जिल्लामा उद्यमी व्यवसायीको हक हितको नेतृत्व कर्ता संघको आवश्यकता खट्किरहेको अवस्थामा छोटो सयममै भक्तपुर चेम्बर अफ कमर्शले भक्तपुरमा उद्यमी व्यवसायी माझ आफ्नो दरिलो उपस्थिति देखाउन सक्नु राम्रो पक्ष रहेको बताए ।

भक्तपुर चेम्बर अफ कमर्श अन्तर्गत गठन भएको चारै वटा नगर चेम्बरहरुले छुट्टा छुट्टै रुपमा तयार पारेको योजनाहरुमा आर्थिक विकासका गतिविधिहरुदेखि लिएर संस्थागत विकास एवं सामाजिक सेवाका गतिविधिहरु समावेश भएका छन् । योजना तर्जुमाका लागि चेम्बर व्यवस्थापन विज्ञ श्री हरिहर सुवेदीले सहजिकरण गर्नु गरेका छन् ।
यसैबीच उक्त योजना तर्जुमा कार्यशाला गोष्ठीको समापन नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं मोबाइल फोन इम्पोर्टस एसोसियनका अध्यक्ष दिपक मल्होत्राको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सो अवसरमा उनले भक्तपुर चेम्बर अफ कमर्शले भावि योजना तय गर्दै सोही बमोजिम संस्थालाई अगाडि बढाउन खोज्नु जिल्ला नगर चेम्बर अफ कमर्शका लागि नमूना कार्य भएको बताएका छन् ।

समापनका अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका सल्लाहकार कृष्ण प्रसाद अवाल, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु भक्त मारिखु, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष श्री कविदास धौबजी श्रेष्ठ, भक्तपुर नगर चेम्बरका अध्यक्ष राधेसुन्दर साँयजु, मध्यपुर थिमि नगर चेम्बरका अध्यक्ष श्री सचिन्द्र श्रेष्ठ, चाँगु नारायण नगर चेम्बरका अध्यक्ष श्री गोकुल प्रसाद प्रजापति, सूर्यविनायक नगर चेम्बरका अध्यक्ष राम गोपाल सुवाल लगायतले संस्थाको प्रगतिका लागि शुभकामना दिनु भएको थियो ।

समापन कार्यक्रमकै अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका सचिव श्री सुरेन्द्र तुबन्जा श्रेष्ठलाई प्याब्सन जिल्ला कार्यसमितिको हालै सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा प्रमुख अतिथिबाट दोसल्ला औढाई सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्