प्रभु बैंकको २० औं साधारण सभा आइतबार, प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत हुने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रभु बैंकको २० औं साधारण सभा आइतबार, प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत हुने



काठमाडौं । प्रभु बैंकको २० औं साधारण सभा आइतबार हुदै छ । बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट साधारण सभा सुरु हुने छ । साधारण सभाले संचालक समितिले प्रस्ताव गरेबमोजीम १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।

सभामा प्रभु बैैक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले पुस ४ गते बुक क्लोज गरेको थियो । तसर्थ पुस १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते (एक दिन) बुक क्लोज गरिसकेको छ लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्