प्रभु बैंकको २० औं साधारण सभा आज हुदै , यस्ता छन् प्रस्तावित एजेन्डाहरु
काठमाडौं । प्रभु बैंकको २० औं साधारण सभा आज आइतबार हुदै छ । बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट साधारण सभा सुरु हुदै छ । साधारण सभाले संचालक समितिले प्रस्ताव गरेबमोजीम १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।
त्यसैगरी सभामा प्रभु बैैक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ ।
आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदनमा माथी छलफल गरी पारीत गर्ने छ । प्रस्तावित लाभांश पारीत गरीसकेपछि बैंकको अधिकुत जारी पुजी बुद्धि सम्बन्धी प्रस्तावमाथी छलफल गरि पारीत गर्ने छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले पुस ४ गते बुक क्लोज गरेको थियो । तसर्थ पुस १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।














