कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद आउदै
काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने भएको छ । बैंकलेमाघ ७ गतेदेखि हकप्रद सेयर जारी गर्न लागेको हो । १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
हकप्रद शेयर निष्काशनको लागि बैंकले पुस २४ गते बुक क्लोज गर्ने छ । तसर्थ पुस २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।
बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा छिटोमा माघ ७ गते र ढिलोमा २७ गतेसम्म सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत पनि हकप्रदमा आवेदन दिन सकिन्छ । बैंकको चुक्ता पुजी हाल २० करोड रहेको छ । २० करोड रुपैयाँको हकप्रद जारीगरेसंगै बैंकको चुक्ता पुजी ५० करोड पुग्नेछ ।













