७ श्रावण २०८३, बिहिबार

नबिल बैंकका सीईओ शाहको तलब साढे २ करोड रुपैयाँ, एक वर्षमा ८२ लाख ६८ हजार रुपैयाँ बढ्यो



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहको वार्षिक आम्दानी साढे २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्ष साढे १ करोड रुपैयाँ बार्षिक आम्दानी रहेकोमा गत आर्थिक बर्ष २०७७–७८ मा २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ तलव सुविधा बुझेका हुन् । सीईओ शाहले अल्पकालीन कर्मचारी लाभ वापत २ करोड ३० लाख ५० हजार रुपैयाँ र निवृत लाभहरु गरी कूल २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ बुझेका हुन् ।

आर्थिक बर्ष २०७६–७७ मा सीईओ शाहले १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ तलव तथा भत्ता बुझेका थिए । एक वर्षको अवधिमा बैंकका सीईओको तलब ८२ लाख ६८ हजार ३६७ रुपैयाँले बढेको हो । त्यस्तै, सीईओ शाहले आर्थिक बर्ष २०७५–७६ मा १ करोड ९८ लाख १४ हजार ६७६ रुपैयाँ तलब बुझेका थिए ।

गत आर्थिक बर्ष २०७७–७८ मा बैंकका सञ्चालकहरुले ५५ लाख ७ हजार ४६६ रुपैयाँ बैठक भत्ता वापत बुझेका छन् । बैठक भत्ता वापत ४१ लाख ८३ हजार रुपैयाँ र भ्रमण खर्च, बसोबास खर्च तथा अन्य खर्चवापत १३ लाख २४ हजार ४६६ रुपैयाँ गरी कूमल ५५ लाख ७ हजार ४६६ रुपैयाँ सञ्चालकले बुझेका छन् । आर्थिक बर्ष २०७७६–७७ मा सञ्चालकहरुले ५४ लाख ७६ हजार ५१५ रुपैयाँ बुझेका थिए ।

सञ्चालकहरुलाई भुक्तानी गरिएको भत्तामा पत्रपत्रिका तथा सञ्चार खर्च वापत भुक्तानी गरिएको रकम समेत समावेश गरिएको हो । अन्य खर्चमा नेपालमा बसोबास नगर्ने सञ्चालकहरु बैठकमा सहभागी हुन नेपालमा आउँदा लागेको भ्रमण खर्च, बसोबास खर्च तथा दैनिक भ्रमण भत्ता समेत हो ।


प्रतिक्रिया दिनुहोस्