सीडीएसका शेयरधनीले ४० प्रतिशत नगद लाभांश पाउने
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्ग (सीडीएससी) को प्रस्तावित नगद लाभांश ११ औं वार्षिक साधारण सभामा पारित गरेको छ । पुस १९ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ४० प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।












