बैंकहरुले निक्षेप संकलन बढाए, एक सातामा थपियो १४ अर्ब रुपैयाँ
काठमाडौं । बैंकहरुले निक्षेप संकलन बढाएका छन् । बैंकहरुमा तरलता अभाव ब्यापक रुपमा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले तत्कालका लागि समाधान गरिदिएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ५२ अर्ब रुपैयाँको पुनकर्जा उपलब्ध गराएपछि तरलतामा केही सुधार देखिएको हो । त्यस्तै, पछिल्ला दिनहरुमा सरकारको खर्चमा सुधार भएकाले पनि बैंकहरुमा निक्षेप बढेको हो ।
बैंकहरुले पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ११ अर्ब रुपैयाँ मात्रै कर्जा परिचालन गरेका छन् ।
पौष ९ गते ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले पौष १६ गतेसम्म १४ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । त्यस्तै १६ दिनको अवधिमा बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ । यसअघि मंसिर मसान्तसम्म बैंकहरुले ४२ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका थिए ।
यता एक सातामा बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छनम् । पौष ९ गते ४० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा पौष १६ गतेसम्ममा ११ अर्ब रुपैयाँ बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका हुन् ।














