भायानेटलाई पछि पार्दै क्लासिक टेक चौथो ठूलो इन्टरनेट सेवा बन्यो « Arthapath.com
२० पुष २०७८, मंगलवार

भायानेटलाई पछि पार्दै क्लासिक टेक चौथो ठूलो इन्टरनेट सेवा बन्यो



काठमाडौं । विश्वमा प्रविधिको विकाससंगै प्रविधिमा हुने प्रतिस्पर्धा पनि दिनहुँ बढ्दो रहेको छ । जुन अहिले इन्टरनेटका कम्पनीहरुमा पनि प्रतिस्पर्धा रहेको छ । अहिले इन्टरनेटका ग्राहकको संख्या हिसाबले हेर्ने हो भने मुलुकका पाँच ठूलो इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिक , नेपाल टेलिकम, सुविसु, क्लासिक टेक र भायानेट छन् ।

यी पाँच कम्पनीमध्ये सधै पाँचौ नम्बरमा पर्ने क्लासिक टेकले भने पछिल्लो समयमा ग्राहक संख्या तीव्ररुपमा वृद्धि गरेको छ । उसले भायानेटलाई पछि पार्दै चौथो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको २०७८ कात्तिक महिनाको एमआईएस रिपोर्टअनुसार क्लासिक टेकका ग्राहक संख्या १ लाख ८८ हजार ३ सय ३ पुगेका छन् । यो संख्या भायानेटको भन्दा धेरै हुन् । भायानेटका ग्राहक १ लाख ५५ हजार ७ सय ६९ रहेका छन् ।

एक वर्षअघिसम्म भायानेट क्लासिक टेकभन्दा अघि थियो । २०७७ कात्तिकको रिपोर्टअनुसार भायानेटका ग्राहक १ लाख २३ हजार ७ सय १२ थिए भने क्लासिक टेकका ग्राहक १ लाख १५ हजार ८ सय ७६ थिए । क्लासिक टेकले एक वर्षको अवधिमा ७२ हजार ग्राहक थप्न सफल भएको छ भने भायानेटले ३२ हजार ग्राहक थपेको छ ।

एक वर्षमा ७२ हजार ग्राहक थपेसँगै क्लासिक टेमक चौथो ठूलो इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ भने भायानेट पाँचौं स्थानमा झरेको छ ।

ग्राहकका हिसाबले पहिलो स्थानमा छ वल्र्डलिंक । २०७८ कात्तिकसम्म उसका ग्राहक ५ लाख ५० हजार ५ सय ७९ छन् । दोस्रो स्थानमा रहेको नेपाल टेलिकमका ग्राहक ३ लाख ८ हजार ७ सउ ९१ छन् भने तेस्रो स्थानमा रहेको सुविसुका ग्राहक २ लाख ४३ हजार ७ सय ३३ छन् ।


प्रतिक्रिया दिनुहोस्