आजसम्म कायम शेयरधनीहरुले पाउँनेछन् छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर
काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर सुरक्षीत गर्ने अज अन्तिम दिन हो । हकप्रद शेयर निष्काशनको लागि कम्पनिले पुस २१ गते बुधबारबाट बुक क्लोज गदैछ तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले ३० प्रतिशत हकप्रद पाउनेछन् ।
यहि पुस १ गते नेपाल धितोपत्र बोर्डले कम्पनिलाई १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ । हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनिले ३० प्रतिशत हकप्रद निष्काशन गरेपछि फेरी ४० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । ८ करोड ९३ लाख २ हजार ५ सय बराबरको हकप्रद जारीगरेपछि कायम भएको चुक्तापुजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्रि गर्ने छ ।













