७ श्रावण २०८३, बिहिबार

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा माघ १२ गतेसम्म आवेदन दिन पाइने



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । बैंकको हकप्रदमा आवेदन दिने समय माघ १२ गतेसम्म थप भएको हो । पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन हो तर यस समयसम्म पुर्ण आवेदन नपरेपछि बैंकले फेरी आवेदन दिने समय थप गरेको छ ।

बैंकले १ सय अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

हकप्रद शेयर निष्काशनको लागि बैंकले मंसिर २४ गते बुक क्लोज गरेको थियो । तसर्थ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्