७ श्रावण २०८३, बिहिबार

लकडाउन बारे छलफल गर्न उपत्यकाका सिडीओहरुको संयुक्त बैठक बस्दै



काडमाडौँ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । पछिल्लो कहि दिन यता कोरोना संक्रमण तिव्र रुपमा फैलिन थालेपछि आज मंगलबार उपत्यकाका ३ जिल्लाका सिडियोहरुको संयुक्त बैठब बस्न लागेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

त्यसबारेमा छलफल गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त बैठक बस्न लागेको हो । बैठमा सुरक्षा विज्ञहरुसँग पनि छलफल गरि कोरोना संक्रमणको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि स्मार्ट लकडाउनको बारेमा छलफल हुने स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक बस्दै, खाद्य पसल खोल्ने तयारी


प्रतिक्रिया दिनुहोस्