नेपालको जलविद्युत अवस्था - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपालको जलविद्युत अवस्था



काठमाडौं । विद्युत उत्पादनका लागि असिमित सम्भावना बोकेको देशका रूपमा नेपाल परिचित छ । भू–वनावट तथा खोलानाला र उत्तरी क्षेत्रमा रहेका हिमशृंखलाले जलविद्युत विकास सम्भावनालाई टेवा पुर्याएका छन् ।

केही वर्षअगाडिसम्म हामी लोडसेडिङका मारमा थियौं । त्यो बेला जलविद्युत उत्पादन क्षेत्रमा ठूलो लगानी सुरू भएकोमा हाल थुप्रै आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

खपत अत्यधिक घट्दा आपूर्ति बढेर बिजुली खेर जान सक्ने परिस्थितिका बीच हालको नेपालमा जलविद्युतको अवस्था बारेमा नेपाल पावर मार्केटले तयार पारेको तथ्यांकलाई आधार मानेका छौं ।

नेपालको जलविद्युत तथ्यांकको अवस्था

नेपाल पावर मार्केटले तयार पारेको तथ्यांकलाई आधार मान्दा भविष्यमा ५७ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भाव्यता रहेको उक्त तथ्यांकले उल्लेख गरेको छ । नेपालमा हाल १६४ वटा जलविद्युत प्रोजेक्टको स्थापित क्षमता १९०७ मेगावाट विद्युत रहेको छ । त्यस्तै निर्माणधीन अवस्थामा रहेका १३८ वटा जलविद्युत प्रोजेक्टले ३५०६ मेगावाट विद्युत उत्पादन गर्ने भएका छन् ।

निमार्णको लागि तयार गरिएका ९९ वटा जलविद्युत प्रोजेक्टको १८५१ मेगावाट विद्युत उत्पादन गरेका छन् । भने जलविद्युत अध्ययन अन्र्तगतका २०८ वटा जलविद्युत प्रोजेक्ट १६ हजार ५७४ मेगावाट विद्युत उत्पादन गर्ने भएका छन् । त्यस्तै निर्यात परियोजनाका २ वटा विद्युत प्रोजेक्ट १५७९ मेगावाट विद्युत उत्पाद गर्दै आइरहेका छन् ।

नेपालमा सरकारी र नीजि क्षेत्रको निर्माणाधीन परियोजनाको अवस्था

सरकारी अन्र्तगतका निर्माणाधीन परियोजनामा पाँच बर्षे लक्ष्यमा ६ वटा आयोजना रहेका छन् । जुन चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड रसुवागढीले १११ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । सन्जेन हाइड्रो पावर कम्पनी लिमिटेड सान्जेनले ४३ मेगावाट, सान्जेन हाइड्रो पावर कम्पनी लिमिटेडको उपर सान्जेनले १५ मेगावाट, मिडिल भोटेकोशी हाइड्रो पावर कम्पनी लिमिटेडको मिडिल भोटेकोशी प्रोजेक्टले १०२ मेगावाट, नेपाल इलेक्ट्रीसिटी एथुरिटीको रहुगंगाले ४० मेगावाट र तनहँु हाइड्रो पावर लिमिटेडको तनहुँ प्रोजेक्टले १४० मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।

नेपालको नीजि क्षेत्रको परियोजनामा निर्माणाधीन अवस्थाका १२० आयोजनाहरुले २६१३ मेगावाट विद्युत उत्पादन गर्ने भएका छन् । भने २८७० मेगावाट विद्युत १३७ आयोजनाले निमार्ण सुरु हुने भएको तथ्यांक उल्लेख गरेको छ ।

विद्युत उत्पादनको सर्वेक्षण र सम्भाव्यता अध्ययनपछि मात्र विद्युत उत्पादन अनुमतिपत्र पाउन सकिने हुनाले निकट भविष्यमै नेपालको राष्ट्रिय प्रणालीमा ठूलो मात्रामा बिजुली जोडिने सम्भावना देखिन्छ ।

माथिको तथ्यांक अनुसार हाल ठूलो संख्यामा लगानीकर्ताहरू जलविद्युत क्षेत्रमा काम गरिरहेका तथा थुप्रै आयोजना अध्ययन तथा निर्माणका चरणमा देखिन्छ ।

केही वर्षअगाडिसम्मको लोडसेडिङले सबै जसो क्षेत्र मारमा परेका थिए । हाल नेपालमा वर्षायाममा मुख्यतः बिहान–बेलुकाको समय बाहेक विद्युत खपत भन्दा उत्पादन धेरै हुन्छ । हिउँदे याममा पनि अबको ३ देखि ४ वर्षमा बिजुली खेर जाने स्थिति आउने विभिन्न अध्ययनले देखाएका छन् ।

अहिले नीजि र सरकारी गरी ७७ प्रतिशत विद्युत स्वदेशमा नै उत्पादन भइरहेको छ भने अझै पनि २३ प्रतिशत विद्युत बाहिरबाट आयात गरिरहेको तथ्यांकमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्