७ श्रावण २०८३, बिहिबार

एकैदिन थप ३५५३ जनामा कोरोना संक्रमण



काठमाडौं । विहिबार थप ३ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयका अनुसार १५ हजार ८१ जनामा गरिएको परिक्षणमा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमति हुनेको संख्या ८ लाख ४१ हजार २ सय ९७ पुगेका छ ।

गत २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ भने २ सय ७१ जना निको भएका छन । हाल देशभर १४ हजार ३ सय ४० जना संक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १० पुगेको छ । हालसम्म देशभर ८ लाख १५ हजार घ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्