माछापुच्छे बैंकका ग्राहकले मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा छुट पाउने
काठमाडौं र माछापुच्छे बैकका ग्राहकले MI Xiaomi and Poco बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु 0 % EMI मा पाउने भएका छन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छे बैंक र Vastal Impex Pvt. Ltd. बीच बैंकको Instapay सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता पश्चात हताक्षर गरिएको हो। उक्त सम्झौतापत्रमा Vastal Impex Pvt. Ltd. को तर्फबाट डाईरेक्टर नितेश कुमार मुन्द्र तथा बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क विनय रेग्मीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि 0 % EMI मा Instapay मार्फत पन्ध्र हजार देखि MI Xiaomi and Poco बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा Vastal Impex Pvt. Ltd. को काठमाण्डौ स्थित showroom मार्फत प्रदान गरिनेछ ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ बटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिदै आएको छ ।













