७ श्रावण २०८३, बिहिबार

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक



काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ अधिकतम १०.०५ प्रतिशत र संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ९.१५ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको हो । बैंकको आधारदर ६.११ प्रतिशत रहेको छ ।

bil bank


प्रतिक्रिया दिनुहोस्