७ श्रावण २०८३, बिहिबार

साताको पहिलो दिन ६९ अंकले बढ्यो नेप्से, परिसुचक २९ सय माथी



काठमाडौं । साताको पहिलो दिन नेप्से भारी अंकले बढेको छ । यस दिन ६९ अंकले बजार बढेर परिसुचक २९२६.७४ अंकमा पुगेको छ । लामो समयपछि बजार २९ माथी उक्लीएको हो । यस दिन कारोबार रकम पनि सुधार आएको छ । यस दिन ९ अर्ब भन्दा बढिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढि उत्पादन समुह बढेको छ । उत्पादन समुह ४०९ अंकले उकालो लागेको छ । बैकिङ्ग ३९, व्यापार ७९.६८, होटल एण्ड टुरीजम ५५, विकास बैक १४३, हाईड्रोपावर ७५, फाइनान्स ५६, निर्जिवन विमा समहु २६६, अन्य ६६, माईक्रोफाइनान्स ११०, जिवन विमा ३८९, लगानि १ र मअचुअल फन्ड ० अंकले बढेको छ ।

आज दिनभर २ सय २९ कम्पनिको १८ करोड २५ लाख ४ हजार २ सय २५ कित्ता शेयर १० लाख १ हजार ५ सय ८९ पटक किनबेच हुदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्