७ श्रावण २०८३, बिहिबार

एनबी बैंकमा रहेको आइएफआईसीको शेयर चौधरी ग्रुपलाई नबेच्नू भन्ने आदेश खारेजीको माग गर्दै ‘भ्याकेट’ दर्ता



काठमाडौं । नेपाल बङ्गलादेश बैंक र आइएफआइसीले चौधरी ग्रुपलाई शेयर बेच्न पाउनुपर्ने माग गर्दै ‘भ्याकेट’ दर्ता गरेका छन् । नेपाल बंगलादेश बैंकमा लगानी रहेको आइएफआइसीको शेयर चौधरी समूहलाई नबेच्नू भन्ने आदेश खारेजीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा आइतबार ‘भ्याकेट’ दर्ता गरेको हो ।

मोतिलाल दुगड एनबी बैंकको शेयरधनी नभएको र आइएफआइसीले दुगडसँग शेयर बिक्री गर्ने कुनै सम्झौता वा सहमति नगरेकाले उक्त आदेश खारेजीको माग गर्दै भ्याकेट दर्ता गरेका हुन् ।

गत साता एनबि बैंकमा रहेको आईएफआईसी बैंकको शेयर खरिदबिक्री प्रक्रिया रोक्न अदालतले आदेश दिएको थियो । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले पौष २७ गते आदेश दिँदै ‘शेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनिएको थियो ।

त्यस्तै, अदालतले ७ दिनभित्रमा विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । आदेश किन जारी हुनु नपर्ने हो ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । नेपाल बंगलादेश बैंक र नबिल बैंकले गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्