एनएमबि सरल बचत फण्ड – इ को इकाई अनलाईनमार्फत खरीदविक्री गर्न सकिने
काठमाडौं । एनएमबि म्युचुअल फण्ड इ को इकाई अनलाईनमार्फत खरीदविक्री गर्न सकिने भएको छ । एनएमबि सरल बचत फण्ड – इ को इकाई मंगलवारदेखि अनलाईनमार्फत खरीदविक्री गर्न सकिने भएको हो ।
उक्त खुलामुखी योजनाको इकाई एनएमबि क्यापिटल लिमिटेड नागपोखरीबाट अनलाईनमार्फत खरीदविक्री गर्न सकिने भएको हो । ईकाईको कोष प्रबर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
इकाईधनीले बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इकाई खरीदविक्री गर्न सक्नेछन् ।