८ श्रावण २०८३, शुक्रबार

सरकारका कारण बजारमा सिटामोलनै अभाव, तत्काल १० लाख ट्यावलेट उत्पादन गर्ने कम्पनीको प्रतिबद्धता



मानमति पन्त

काठमाडौं । हालको महामारीमा सर्वाधिक चर्चाको विषय हो, औषधी । कहिले गुणस्तरको कुरा त कहिले अभावको समाचार औषधी सधैँ प्रमुख चासोको विषय बन्यो । पछिल्लो समय मुलुकको हरेक तह र तप्कामा यसबारे महत्त्वपूर्ण बहस हुन थालेको छ ।

औषधीको गुणस्तर पहिचान गर्दै राज्यको तर्फबाट मूल्य तोक्ने सवालमा हेलचेक्र्याइँ भएको गुनासो एकातिर छ भने नेपाल मै उत्पादन हुने औषधीको आयातमा रोक लगाएर स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने व्यवसायीको माग अर्को तिर छ । उता औषधीमा व्यापारीले गरेको कालोबजारी र अत्यधिक नाफा लिएर उपभोक्ता ठगेको गुनासो र आरोप आम नागरिकले लगाइरहेका छन् । जे होस्, औषधी र यसको गुणस्तर लगायतका यावत पक्षमा हुने बहसलाई स्वाभाविक र आवश्यक मान्नु पर्ने बाध्यता पनि रहेको छ ।

नेपाल औषधी उत्पादक सघं र औषधी उद्योगहरूले पटक पटक नेपालमा उत्पादन भइरहेका औषधीहरूको आयातमा रोक गरेको आग्रह अनुरूप क्याबिनेटबाट पास भएको निर्णय कार्यान्वयन प्रधानमन्त्री कार्यालयबाट रोकिएको भन्दै आक्रोशित पनि नबनेका होइन । मुलुक औषधिमा आत्मनिर्भर हुनु एकदमै राम्रो पक्ष रहेको तर्क उनीहरूको रहेको थियो । नेपालमा सस्तोमा पाइरहेको औषधि बन्द गराउन वाध्य गरेर महँगो मूल्यका औषधी बाहिरी देशबाट आयात गरिरहेको नेपाल औषधी उत्पादक सघंका निवर्तमान अध्यक्ष नारायण क्षेत्रीले बताए ।

नेपाल औषधी उत्पादक सघंको सुझावको आधारमा काम गर्ने हो भने ८० प्रतिशत औषधीमा नेपाल आत्मनिर्भर हुन सक्ने उनको दाबी समेत छ ।त्यस्तै बजारमा औषधी अभाव हुनुमा सरकार गैर जिम्मेवार ठहरिएको बताए ।

उद्योगले औषधी उत्पादन गरेन भन्दा पनि सरकारले समयमा सहि निर्णय गर्न सकेन् भन्नु ठुलो कुरो रहेको क्षेत्रीले बताएका छन् । क्षेत्रीले भने,‘महामारीको अवस्थामा औषधी उत्पादन गरेर बजारमा ल्याउन नसक्नुमा सरकार गैर जिम्मेवार छ, किनकी उत्पादक कम्पनीहरुले आयात गर्ने कच्चा पदार्थ तीन गुणा मंहगो हुदाँ पनि अहिले बजारमा अभाव भएको सिटामोलको मुल्य १४ बर्षसम्म पनि सोही मुल्यमा बिक्रि गरिरहेका छौ ।’ जुन १४ बर्ष अगाडीको मुल्यमा अहिले बेच्न नसकिने बताए । किनकी लागत मुल्य नै नआउने गरेको छ ।

सरकारसंग औषधी उत्पादक संघ, औषधी आयात प्रशासन, औषधी व्यावसायी संघ, उपभोक्ता मञ्च लगायतका बसेर प्यारासिटामोलको मुल्य समायोजन गर्ने निर्णय गरेको तर दोस्रो लहर सके पश्चात सो निर्णयको वास्ता नभएको प्रति गुनासो गरेका छन् । सम्पूर्ण क्षेत्रमा मुल्य बढिसकेको तर सिटामोलको मुल्य नबढाउने सोही उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थको मुल्यमा तीन गुणाले मुल्य बढेको उनले बताए । सधै जनताको सेवा नै गर्न आफुहरुले व्यापार पनि नगरेको उनले जिकिर गरेका छन् ।

अहिले औषधीको हाहाकार किन भयो भन्ने सरकारलाई मतलब छैन । सरकारको मातहतका कम्पनीलाई सरकारले खर्चको जोहो मिलाउला तर प्राइभेट कम्पनीको क्षती कसले व्यहोर्ने भन्ने बिषय प्रमुख रहेको उनले बताएका छन् ।

अहिले बजारमा दुई तीन देखि प्यारासिटामोल औषधी अभाव भएको नेपाल औषधी व्यवसाय संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठले स्विकारेका छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण दैनिक १० हजारको हाराहारीमा बढ्दै गइरहेको छ । प्यारासिटामोल उपभोक्ताहरुले चाहिने भन्दा बढी खरिद गरेको छ ।

उत्पादन कम भयो माग बढि भएका कारण बजारमा औषधी अभाव भएको हो । हाल ३० वटा स्वदेशि औषधी उत्पादन कम्पनीहरुले प्यारासिटामोल औषधी उत्पादन गर्दछ । औषधी व्यवस्था विभागमा बुध बसेको बैठकले औषधी उत्पादक कम्पनीले १० लाख ट्यावलेट उत्पादन गरेर बजारमा दिने प्रतिबद्धता जनाएको श्रेष्ठले जानकारी गराए ।

उत्पादक कम्पनीले आफुहरु घाटा खाएर भए पनि उत्पादन गरेर औषधी अभावको माहोल सहज बनाउने उनीहरुले जानकारी दिए । अघिल्लो कोभिडको समयमा मुल्य समायोजनको प्रस्ताव राखेका थियौ तर राज्यले सो विषयमा चासो नदेखाएको उनले समेत आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्