८ श्रावण २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकको सर्वाधिक नाफा हुँदा ५ महिनामा यी बैंक नोक्सानी ब्यहोरे



काठमाडौं । पाँच महिनाको अवधिमा विकास बैंकहरुले २ अर्ब ४३ करोड रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये ५ बैंकले घाटा ब्यहोरेका छन् भने अन्यको नाफा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंकले सर्वाधिक ४६.१२ करोड रुपैयाँ, दोस्रोमा गरिमा विकास बैंकले ३४.३३ करोड रुपैयाँ, तेस्रोमा ज्योति विकास बैंकले ३३.९४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

महालक्ष्मी विकास बैंकले ३१ करोड ६६ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २७ करोड ६५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले २४ करोड ७९ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १४ करोड ७ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ४ करोड ३१ लाख रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकले २ करोड ९८ लाख रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकले २ करोड ९७ लाख रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकले ८८ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यता कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकले भने नोक्सानी ब्यहोरेको प्रतिवेदन राष्ट्र बैंकलाई बुझाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा बढी १० करोड ६ लाख ८० हजार रुपैयाँले नोक्सानीमा छ भने नारायणी डेभलपमेन्ट बैंक ४४ लाख २० हजार रुपैयाँ, सालपा विकास बैंक १९ लाख २० हजार रुपैयाँ, सिन्धु विकास बैंक ९ लाख २० हजार रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंक ५ लाख २० हजार नोक्सानीमा छन् ।


प्रतिक्रिया दिनुहोस्