८ श्रावण २०८३, शुक्रबार

सानिमा बैंकको नाफा १.३४ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । सानिमा बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १.३४ प्रतिशत बढेर १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.३४ प्रतिशत बढेर २ अर्ब १८ करोड १४ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड ५० लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ३.६९ प्रतिशत बढेर ४५ करोड ९ लाख २८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ०.३४ प्रतिशत घटेर १ अर्ब ५० करोड ५ लाख ७७ हजार रुपैयाँ, कूल सञ्चालन आम्दानी ११.११ प्रतिशत बढेर २ अर्ब ९७ करोड ८३ लाख ४५ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ५७ करोड ८२ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी १७ प्रतिशत बढेर ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष १३.५१ प्रतिशत घटेर ३ अर्ब ९५ करोेड ५४ लाख ५७ हजार रुपैयाँ, निक्षेप १२.५४ प्रतिशत घटेर १ खर्ब ४४ अर्ब ५३ करोड ४३ लाख ६० हजार रुपैयाँ र कर्जा १४.१३ प्रतिशत बढेर १ खर्ब ३५ अर्ब ८९ करोड ३२ लाख १४ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँले घटेर १९.०२ रुपैयाँमा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २ पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात २०.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्