मेगा बैंकको नाफा ७.३१ प्रतिशत बढ्यो
काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ७.३१ प्रतिशत बढेर १ अर्ब ३९ करोड ९९ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको सोही अवधमिा १ अर्ब ३० करोड ४४ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आवको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २ प्रतिशत घटेर २ अर्ब ६४ करोड २१ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ६९ करोड ९८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन आम्दानी १० प्रतिशत बढेर २ अर्ब २ करोड २० लाख ६३ हजार रुपैयाँ, वितरणयोग्य नाफा ८२ करोड ५१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
पौष मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १६ खर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष १.११ प्रतिशत बढेर ३ अर्ब ७१ करोड ३१ लाख ८३ हजार रुपैयाँ, निक्षेप ३.१३ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब १८ करोड ४० लाख ९४ हजार रुपैयाँ र कर्जा १ खर्ब ४३ अर्ब ६० करोड ५५ लाख ७० हजार रुपैयाँ छ ।
बैंकको प्रतिशेयर आम्दानी ४३ पैसा घटेर १७ रुपैयाँ ३७ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा छ ।












