८ श्रावण २०८३, शुक्रबार

लक्ष्मी बैंकको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १.२७ प्रतिशत बढेर ८१ करोड ७३ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८० करोड ७१ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी ६.०८ प्रतिशत बढेर १ अर्ब ६० करोड ७४ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ५२ लाख ७८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी २८.५५ प्रतिशत बढेर ५० करोड १७ लाख ७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ०.२१ प्रतिशत घटेर १ अर्ब १३ करोड १९ लाख ८ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ५३ करोड १० हजार रुपैयाँ रहेको छ ।

समिक्षा चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ९ प्रतिशत घटेर ४ अर्ब ४९ करोड ६ लाख ९ हजार रपैयाँ, निक्षेप १४.१४ प्रतिशत बढेर १ खर्ब ३० अर्ब ८१ करोड ४६ लाख ५२ हजार रुपैयाँ र कर्जा १९.९३ प्रतिशत बढेर १ खर्ब २६ अर्ब १८ करोड ४८ लाख २४ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ९४ पैसाले घटेर १४ रुपैयाँ १५ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २१.६२ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्