८ श्रावण २०८३, शुक्रबार

क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी



काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले संलग्न रहेकालाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै ‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई Virtual Currency/ Cryptocurrency हरुको कारोबार तथा प्रयोग गर्न तथा त्यस्ता Virtual Currency/Cryptocurrency हरुसँग सम्बन्धित Hyper Fund जस्ता कोषमा लगानी गर्न र Jocial, Crowd 1, Solemax Global जस्ता पिरामिडमा आधारित Network Marketing मा आवद्ध हुन प्रोत्साहन गर्ने तथा गराउने गरेको जानकारी प्राप्त हुन आएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा Virtual Currency/Cryptocurrency ले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेरगराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने छ,’ राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्